झापा जिल्लाकाे सबैभन्दा बढि अार्थिक बेरुजु गाैरादह नगरपालिकामा देखिएकाे छ । झापाका १५ वटा स्थानीय तह मध्ये गौरादहमा सबै भन्दा बढी बेरुजु भेटिएको हो । महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदन अनुसार गौरादह नगरपालिकामा मात्रै ५ दशमलव २० प्रतिशत वेरूजु देखिएको छ । ७ करोड रुपैयाँ त गौरादहको बेरुजु देखिएको हो ।

आर्थिक कार्यविधि ऐन -२०५५ अनुसार बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुरयाई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठहराएको कारोबारलाई सम्झनु पर्दछ भनी उल्लेख गरेको छ ।
यो समाचार पुर्बान्चल दैनिकले छापेको छ।