काठमाडौ । नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ९ सय २६ वटा परीक्षण गर्दा संक्रमित थपिएका हुन । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २२ हजार २ सय १४ पुगेको छ । अहिले प्रदेश दुई, सुदुरपश्चिम र प्रदेश पाँचमा संक्रमितको संख्या धेरै देखिएको छ । मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन । खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा भने कोरोना संक्रमण शून्यमा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय २५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन । योसँगै संक्रमण मुक्त हुनेको संख्या १५ हजार ८ सय पुगेको छ । ६ हजार ३ सय ३० जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ । देशभरि विभिन्न स्थानका क्वारेन्टिनहरुमा १० हजार २ सय पाँच मानिसहरू बसिरहेका छन । कोरोना संक्रमण परीक्षणका लागि अहिलेसम्म देशभर ४ लाख २७ हजार ५ सय एक पीसीआर परीक्षण भएको छ ।


0 Comments