‘यसपटककाे गाईजात्रा पर्व मनाउन नपाउँदा वा भनाै गाईजात्रा कार्यक्रम गर्न नपाउँदा सारै खल्लाे लागिरहेकाे छ! हाँस्य कलाकारकाे नाताले याे पर्ब भनेकाे हाम्राे लागि दशैँ जस्तै हाे! बिगत १ दशक देखी म गाईजात्रामा राष्ट्रिय सभा गृह, प्रज्ञा भवन र नाचघरकाे हल हरुमा दमन रुपाखेती दाई लगायतका टिमहरु सँग कार्यक्रम हरु गर्दै आएको थिएँ! बिशेष गरेर प्रचण्डकाे भुमिकामा मलाई धेरै दर्शकहरुले मन पराइदिइ रहनु भएकाे छ! घनश्याम गाैतम आफ्नो कुरा यसरी सुनाउँ छन् ।’

यस पटक काेराेना काे महामारीले कलाकारलाई मात्र हाेइन विश्व जगतलाईनै लक डाउन मा पारेकाे छ । याे पटक हाँस्य ब्यङ्ग गाईजात्रा कार्यक्रम प्रेक्षालयमा (हल)मा हुने छैन तर पनि याे हाँस्य ब्यङ्गकाे पर्व भएकाेले बिभिन्न राजनितिक, सामाजिक,बिकृति, बिसँगति बिरुद्ध ब्यङ्ग प्रहार गर्न यसपटक घरमै बसेर दर्शकहरुलाई गाईजात्रा हेर्न पाउने भएका छन् कतै टेलिभिजनमा कतै यु ट्युब च्यानलहरुमा गाइजात्रा कार्यक्रम गरिएकाे छ । यस पटक नक्कली प्रचण्डका नामले परिचित लाेकप्रिय कलाकार घनश्याम गाैतमले दमन रुपाखेती र उत्सब केसीकाे गाईजात्रा” वार कि पार” उत्तम केसीकाे गाईजात्रा ” चुइ चुई पारेर” दमन रुपाखेतीकाे गाईजात्रे प्रस्तुति” खल्ली बल्ली” त्यसै गरी मिडिया हबमा सुजित थापा डेभिड लगायतकाे टिमकाे गाईजात्र “देशकाे अँश बन्डा” मा आफ्नो प्रस्तुति दिएका छन् भने “प्रचण्ड ओली” काे जाेडी मिलेर कडा खबर अनलाइन मिडियामा “कडा खबर गाईजात्रा २०७७” नाम दिएर राजनितिक घटनाक्रम लाई ब्यङ्गात्मक रुपमा प्रचण्ड र ओलीको कुर्सी टसललाई बिभिन्न चरणमा प्रस्तुत गरेका छन् । कडा खबर डट कम का सन्चालक तथा निर्माता चर्चित ढुङ्गेलसँगकाे समन्वय तथा सह कार्यमा याे पटक भिन्न तरिकाले प्रचन्ड ओलीकाे गतिबिधि लाई ब्यङ्गात्मक तरिकाले प्रस्तुत गरएकाे छ जसमा ५ वटा प्रस्तुति रहेका छन् । प्रचन्ड ओलीको फाेन बार्ता ” कुरी कुरी कुर्सी, अन्तरबार्तामै हानाहान, ओली प्रचण्ड दाेहाेरी, आउट अफ ट्र्याक, प्याराेडी गित र डान्स रहेका छन्!कडा खबर डट कम काे प्रस्तुति ” कडा खबर गाईजात्रा २०७७” काे ब्यवस्थापनमा रन्जु बस्नेत क्यामरामा कृष्ण पान्डे सम्पादनमा हरी कार्की निर्माता / सँयाेजक: चर्चित ढुङ्गेल र यसकाे लेखन निर्देशन भने घनश्याम गाैतम( नक्कली प्रचण्ड) आफैँले गरेकाे छन् । सुरक्षित भएर पर्व मनाऊँ काेराेना बाट बचाैँ र बचाउँ ।