कोरोना महामारीले मानव जाति पीडित र भयभीत भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलोपटक आशा जगाउने कुरा गरेको छ ।  
विश्वभर कोरोनाबाट झन्डै साढे ७ लाख मानिसको मृत्यु तथा दुई करोडभन्दा बढी संक्रमित भइसकेको भए पनि डब्लुएचओले यो महामारी अन्त्य हुने आशा अझै बाँकी रहेको जनाएको हो ।  
डब्लुएचओले विश्वलाई पीडित बनाइरहेको कोरोना महामारी अन्त्यका लागि कडा कदम उठाउन अझै ढिला भइनसकेको बताएको छ ।  
यसका प्रमुख डा. टेड्रोस एडहनम गिब्रेयससले एक पत्रकार सम्मेलनमा भने, ‘म स्पष्ट भन्न चाहन्छु कि अझै आशाको किरण बाँकी छ । यस महामारीको अन्त्य गर्न अझै ढिला भइसकेको छैन ।’  
यस विषयमा यसभन्दा थप केही नबताइए पनि यसअघि कोरोना महामारी अन्त्य नहुन पनि सक्छ भनिरहेको डब्लुएचओले पहिलोपटक आशाजनक अभिव्यक्ति दिएको हो।