काठमाडौं, २० भदौ । मुलुकमा थप १ हजार ४१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ४९ महिला र ६ सय ९२ पुरुषमा संक्रमण फेला परेको छ । मन्त्रालयका अनुसार प्रदेशको १ को इलाममा १ जना, उदयपुरमा ३ जना, ओखलढुंगामा २ जना, झापामा ७ जना, मोरङमा ३५ जना र सुनसरीमा २० जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषामा ७ जना, पर्सामा १० जना, बारामा १३ जना, महोत्तरीमा २६ जना, सप्तरीमा २० जना, सलाहीमा १७ जना र सिहरामा ४१ जनामा संक्रमण देखिएको छ । यता, वागमती प्रदेशको काठमाडौँमा ३२६ जना, काभ्रेमा ६ जना, चितवनमा ४५ जना, दोलखामा ६ जना, धादिङमा १० जना, नुवाकोटमा १ जना, भक्तपुरमा ४५ जना, मकवानपुरमा ३५ जना, रामेछापमा ५ जना, ललितपुरमा ३७ जना र सिन्धुपाल्चोकमा २ सिन्धुलिमा जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा २३ गोरखा १७ जना, तनहुँमा ३ जना, नवलपरासी पूर्वमा ५ पर्वतमा १ जना, लमजुङमा २२ जना, बाग्लुङमा ६ जना स्याङ्जामा ३ जनामा संक्रमण पुष्टि भएको छ । यता, प्रदेश ५ को जनामा अर्घाखार्चीमा १ जना, कपिलवस्तुमा १ जना, गुल्मीमा ६ जना, दाङमा ३९ जना, पाल्पामा ३ जना, नवलपरासी १३ जना, प्यूठानमा १ जना, बर्दियामा ७ जना, बाँकेमा ६२ जना, रोल्पामा १ जना र रुपन्देहीमा ७१ जनामा संक्रमण देखिएको छ । त्यस्तै कर्णाली प्रदेशमा जाजरकोटमा ३ जना, दैलेखमा ३ जना, सल्यानमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ५ जना, कैलालीमा ४ जना, डोटीमा २ डडेल्धुरामा १ जना र बझाङमा १६ जना जनामा संक्रमण पुष्टि भएको छ ।
0 Comments